Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सलह किरा सम्बन्धी पाल्पा जिल्लामा हालको अवस्था

2077-03-18

2077-03-18


सलह किरा सम्बन्धी पाल्पा जिल्लामा हालको अवस्था

१.सलहको झुण्डहरु भारतको विभिन्न स्थानहरुवाट स्थानान्तरण हुदै गइरहेको र मौसम पूर्वानुमानका आधारमा सतहमा बुधवार देखि ३ दिन सम्म पूर्वि / दक्षिण पूर्विवायुको प्रभाव रहने भएकोले सलहका झुण्डहरु हावाको बहाव सगै पूर्वबाट पश्चिम तर्फ आउन सक्ने प्रबल सम्भावना भएकोले तल्लो पहाडी क्षेत्रमा सजग रहनका लागी स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरु सग निरन्तर समन्वय तथा सुचना आदान प्रदान भएको ।

२.सलह किराको झुण्डहरु देखिएको स्थान २०७७ साल आषाढ १३, १४ र १५ गते तिनाउ २ र ३  -झयाङला तथा दोभान, बगनासकाली १, २ तानसेन ८, ९ र १० ‍. रामपुर नगरपालिका , रैनादेवी छहरा गाउँपालिका, १, ४ माथागढी गाउँपालिका सराइ बजार आसपास क्षेत्रमा साना झुण्डहरु दिखएकोमा हाल उक्त स्थानहरुमा सलह किराको झुण्डहरु देखिएको छैन ।_

३.सलहको झुण्डहरु दक्षिण रुपन्देही जिल्लावाट आएको, केही झुण्डहरु पाल्पा जिल्लामा बास बसेको तथा अन्य झुण्डहरु उत्तर - पश्चिम भेग तर्फ गएको तथापी हाल उपरोक्त स्थानहरुमा सलह किराको झुण्डहरु देखिएको छैन ।

४. सलह नियन्त्रण सम्बन्धमा मिति २०७७/३/१६ गतेका दिन गठित समितिको बैठक बसि निर्णय भएपछि निर्णय बमोजिम सुचना संकलन गर्ने , संचारमाध्यवाट जनचेतना मुलक सुचना प्रवाह गर्ने, स्थानीय तहहरुमा पत्राचार गरी सचेतना र सुचना मुलक सन्देश पठाएको ।

५.निर्णयानसार किरा नियन्त्रणको लागि कृषि ज्ञान केन्द्र पाल्पावाट १ थान फुट स्प्रेयर , न्यापस्याक स्प्रेयरहरु र आवश्यक बिषादी खरिद गरीएको र थप औजार उपकरण - पावर स्प्रेयर ल्याउने क्रममा रहेको । साथै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ, पाल्पावाट पावर स्प्रेयर तथा बिषादी खरिद गरिएको ।

६. स्थानीय तह तथा तहाँ कार्यरत कृषि प्राविधीकहरु संग निरन्तर समन्वयन तथा सुचना आदान प्रदान भएको ।

 

पछिल्लो अपडेट गरिएको : 2083-02-12 09:33:54

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाल्पा .