Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

तानसेन, पाल्पा

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

तानसेन, पाल्पा

पाल्पा जिल्लाको वस्तुस्थिती सम्बन्धी संक्षिप्त जानकारी
                                                                   
१.    जिल्लाको वस्तुस्थित:

नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने यो जिल्ला नेपाल राज्यको लगभग मध्य बिन्दुमा अवस्थित छ । विश्व मानचित्रमा यो जिल्ला ८३  १५ देखि ८४ २२ पूर्वी देशान्तर तथा २७  ३७  देखि २७  ५७  उत्तरी अक्षांशमा रहेको छ । यो जिल्ला समुद्री सतहबाट करीब २०० मि. देखि २००० मि. उंचाई सम्म फैलिएको छ । जिल्लाको भौगोलिक क्षेत्रफल १३७३ वर्ग कि.मि. (के.त.वि.२०६१) रहेको छ । पाल्पा जिल्लामा ८ गाउँपालिका, २ नगरपालिका र २ वटा संसदीय निर्वाचन क्षेत्रहरु रहेका छन् । यस जिल्लाको कुल जनसंख्या २,६१, १८० रहेको छ, जसमध्ये पुरुष ४४.३५ (१,१५,८४०) र महिला ५५.६५ (१,४५,३४०) रहेका छन् ।
    
        जिल्लाको सीमाना:
        पूर्व–        नवलपरासी र तनहूं जिल्ला
        पश्चिम–        अर्घाखांची र गुल्मी जिल्ला
        उत्तर–        गुल्मी  र स्याङजा जिल्ला
        दक्षिण–        नवलपरासी र रुपन्देही जिल्ला

२. प्रमुख स्थलः

यस जिल्लामा रानीमहल, श्रीनगर डाँडा, भैरवस्थान, मदनपोखरा, रम्भा देबि, पूर्वखोला, रामपुर, राम्दी सुन गुफा, कालीगण्डकी, दर्लममहाकाली, दर्लमडाँडा,महामृत्युन्जय शिबासन बराङ्दि जस्ता धेरै पर्यटकीय स्थलहरू छन्। केहि समय पहिला अवलोकन चुचुरो पनि बनेको छ । रानीमहल खड्गशम्सेरले आफ्नी रानीको सम्झनामा बनाएको मनोहर भवन हो, जसलाई नेपालको ताजमहल भनिन्छ। यो जिल्ला देशकै सबैभन्दा अनुकूल हावापानी भएको जिल्ला हो।