Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सडक यातायात, सवारी साधनको आवागमन तथा पार्किङ र ट्राफिक व्यवस्था सम्बन्धी बैठक सम्बन्धमा

2077-08-04

2077-08-04


IMG_20201119_115713.jpg तस्बिर :

मिति २०७७/०८/०४ गते प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेकाे अध्यक्षता तथा  तानसेन नगर प्रमुख अशाेक कुमार शाही, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सन्ताेष कुमार भट्टराई, उद्याेग बाणिज्य स‌ंघका अध्यक्ष राजु महर्जन,व्यापार संघका उपाध्यक्ष थानेश्वर गैरे,जिल्ला ट्राफिक कार्यालयका प्रमुख उपेन्द्र बहादुर बुढाथाेकीको सहभागितामा बैठक बसी तानसेन नगरपालिकाको सौन्दर्य कायम हुनेगरी सडक यातायात, सवारी साधनको आवागमन तथा पार्किङ र ट्राफिक व्यवस्था, सडक सुधारलाई व्यवस्थित गर्नका लागि बैठक बस्याे । उक्त बैठकले उल्लेखित बिषयमा छलफल र समिक्षा गर्दे केही महत्वपूर्ण निर्णय गरेको छ ।

निर्णयहरु :

१‍. तानसेन नरपालिकाले आफ्नाे क्षेत्रभित्र ताेकिएका पार्किङ स्थलहरु निर्धारण गरी बढिमा ७ दिनभित्र मर्मत सम्भार, बिजुली व्यवस्था लगायत सम्पूर्ण व्यवस्थापकीय      कार्य तयार गरी साे काे सञ्चालन गर्नका लागि व्यवस्था मिलाउने र साे काे जानकारी जिल्ला प्रशासन कार्यालयमा पठाउने निर्णय गरियाे ।

२. उद्याेग बाणिज्य संघ, पाल्पा र व्यापार स‌ं‌घ, पाल्पाले आफ्नाे सदस्यहरुलाई पसल अगाडी अनाधिकृत रुपमा सामान नराख्न तथा पार्किङ नगर्नका लागि ३ दिनभित्र       पत्राचार गर्ने ।  

३. नगर प्रहरी, ट्राफिक प्रहरी, जिल्ला प्रहरी कर्यालयकाे संयुक्त टाेली बनाई २०७७/०८/०७ गतेदेखि बजारमा राखेका अनाधिकृत सामानहरु र पर्किङ गरिएका सवारी सधन सम्बन्धी  अनुगमन गरी कानुनी प्रक्रियमा जाने ।

४. सवारी साधनहरु एक तर्फी जान आउन ट्राफिक चिन्हहरु राख्न, जेब्रा क्रसिङ, पार्किङकाे व्यवस्था साथै अन्य सुधारका लागि अध्ययन गरी तानसेन नगरपालिकाकाे अधिकृतकाे संयाेजकत्वमा देहायका सदस्यहरु रहने गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्ने साथै उक्त समितिकाे पहिलाे बैठक २०७७/०८/०७ गते १०:०० बजे तानसेन नगरपालिकामा बस्ने ।  

- नगरपालिकाकाे अधिकृत

- सडक कार्यालय पाल्पाकाे प्रतिनिधि

- जिल्ला ट्राफिक कार्यालय पाल्पा

- उद्याेग बाणिज्य संघ पाल्पा

- व्यापार संघ पाल्पा

पछिल्लो अपडेट गरिएको : 2083-02-12 09:33:54

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाल्पा .