सडक सुरक्षा सम्बन्धमा
2077-06-21
2077-06-21
तस्बिर :
आज मिति २०७७ असोज २१ गते आसन्न दशै, तिहार, म-पुजा एवं छठ जस्ता चाडपर्बहरु नजिकिएकोले ठूलो संख्यामा यात्रुहरुको आवतजावत हुन सक्ने हुँदा सडकमा सवारी साधनको चाप बढ्ने र यात्रुहरुको अत्याधिक आवागमन वढ्ने सम्भावना रहेकोले कोभिड संक्रमण अवस्थालाई समेत दृस्टीगत गरी सडक मर्मत सुधार र सवारी साधनमा यात्रुहरुलाई सुरक्षित सवारी सेवा प्रदान गर्ने सम्वन्धमा सरोकारबीच छलफल र अन्तरक्रिया सम्पन्न भयो,
उक्त वैठकमा
#कोभिड–१९ संक्रमण रोकथाम सम्बन्धमा
#यातायात व्यवसायी र पदाधिकारीहरुले
- नेपाल सरकारले तोकेको भाडा दर र यात्रु संख्या मात्र राखी सवारी साधन सञ्चालन गर्ने गराउने ।
- यात्रुले एकपटक सवारी साधन प्रयोग गरेपछि आवश्यकता अनुसार सिटको सरसफाई तथा निर्मलिकरण गर्ने ।
- नेपाल सरकारले तोकेको स्वास्थ्य तथा सुरक्षा मापदण्ड बमोजिम यात्रु–यात्रु बीचको भौतिक दुरी कायम गरी सवारी साधन संचालन गर्ने /गराउने ।
- चालक, सह–चालक र यात्रुले कोभिड–१९ प्रकोपको जोखिम न्यूनिकरणका लागि अनिवार्य रुपमा मास्क प्रयोग गर्ने सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने ।
#सवारी चालक र सह–चालक र यात्रुले
- सवारी साधन बस बिसौनी वा तोकिएको स्थान, यात्रु चढ्ने स्थान, पुग्ने स्थान र खाना खाने स्थान बाहेक अन्यत्र कहिँ पनि सवारी साधन रोक्न, चढाउन र ओराल्न नपाईने ।
- सार्वजनिक यातायात संचालन गर्दा चालक तथा सह–चालक अनिवार्य रुपमा मास्क, भाइजर र पञ्जा लगाउने ।
- यात्रहरुले अनिवार्य रुपमा मास्क लगाई सरकारले तोकेको स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्ने ।
- चालक तथा सह–चालकले अनिवार्य रुपमा देखिने गरी परिचय–पत्र लगाउने र सवारी साधन भित्र धुम्रपान र मध्यपान नगर्ने/गर्न नदिने ।
- सवारी साधनलाई यात्रा समाप्त भएपछि अनिवार्य निर्मलीकरण गर्ने/ गराउने ।
यस सम्वन्धमा डिभिजन सडक कार्यालय, पाल्पाबाट राजमार्ग तथा अन्य मुख्य सडकहरू मर्मत गरी सवारी साधन व्यवस्थित रुपमा संचालन हुने व्यवस्था मिलाउने, कोभिड १९ प्रकोपको अवधिभर सार्वजनिक यातायातमा स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना भए नभएको अनुगमन यातायात कार्यालय पाल्पा र ट्राफिक प्रहरी कार्यालय, पाल्पाले गर्ने /गराउने अन्य सुरक्षा सम्बन्धि व्यवस्था आवश्यकता अनुसार जिल्ला सुरक्षा समितिबाट हुने भनी प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेले व्यक्त गर्नु भयो ।
उक्त वैठकमा देहाय बमोजिमको उपस्थिति रहेको थियो :-
प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपाने
सहायक प्रमुख जिल्ला अधिकारी श्री दुर्गा बन्जाडे
प्रमुख सेनानी श्री जनक कुमार बस्नेत
प्रहरी उपरिक्षक श्री सन्तोष कुमार भट्टराई
सशस्त्र प्रहरी नायब उपरिक्षक श्री अरुण कुमार सिंह
प्रमुख अनुसन्धान अधिकृत श्री सन्तोष बस्नेत
नि. प्रमुख ई. श्री राम बिहारी चौधरी, डिभिजन सडक कार्यालय
प्रमुख श्री विष्णु प्रसाद खनाल, यातायात कार्यालय
प्रमुख श्री पृथ्वी नारायण काफ्ले, ट्राफिक प्रहरी कार्यालय
प्रशासकीय अधिकृत श्री यज्ञश्वर पन्थी
कार्यालय सचिव श्री भविन्द्र गौतम, श्रीनगर यातायात व्यवसायी कम्पनी लि.
प्रमुख श्री डोल राज भट्टराई, पश्चिम नेपाल बस व्यवसायी कम्पनी लि। शाखा पाल्पा
नायव सुव्बा श्री लक्ष्मण प्रसाद घिमिरे लगायका पदाधिकारीको उपस्थिति रहेको थियो ।
