Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सूचना अधिकारीको वैठक सम्वन्धमा

2077-06-18

2077-06-18


सुचना_अधिकारी_.jpg तस्बिर :

 #सूचना अधिकारीको वैठक सम्वन्धमा

  आज मिति २०७७ असोज १८ गते प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेको संयोजकत्वमा सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी श्री दुर्गा वन्जाडे,प्रहरी उपरिक्षक श्री सन्तोष कुमार भट्टराई सहित पाल्पा जिल्ला स्थित सरकारी कार्यालयका सूचना अधिकारीहरुको वैठक सम्पन्न भयो,

उक्त वैठकमा;

  • सूचना प्रवाह गर्ने प्रयोजनका लागि कार्यालय प्रमुखले आफ्नो कार्यालयमा रहेको सूचना नियमित रुपमा सूचना अधिकारीलाई उपलब्ध हुने व्यवस्था गराउनुपर्ने,
  • सूचना अधिकारीले आफ्नो कार्यालयले सम्पादन गर्नुपर्ने कार्यहरुमा कार्यालय प्रमुखलाई सहयोग गरी नागरिकको सूचनाको हकको सम्मान र संरक्षण गर्ने गराउने,
  • सूचनाको वर्गिकरण र अद्यावधिक गरी समय- समयमा सार्वजनिक, प्रकाशन र प्रसारण गर्ने, गराउने,
  • प्रत्येक कार्यालयले कानुन बमोजिम स्वतः प्रकाशन गर्नुपर्ने सूचनाहरु नियमित रुपमा प्रकाशन गर्ने,
  •  कार्यालयमा लिखित रुपमा माग  भएका सूचनाका सम्वन्धमा कानुन अनुसार उपलव्ध गराउने,
  •  सूचना उपलव्ध गराउने सम्वन्धि कार्यालयमा छुट्टै दर्ता रजिस्ट्रर राख्ने ,
  •  आ–आफ्नो कार्यालयको नागरिक बडापत्र अध्यावधिक गर्ने र सूचना अधिकारी फेरिएको अवस्थामा नाम सम्पर्क नम्वर र ई–मेल ठेगाना अध्यावधिक गर्ने,
  • वर्तमान कोभिड १९ को संक्रमणको अवस्थामा आफू र अन्यको स्वास्थ्य सम्बधि सुरक्षाको ख्याल गरी कोभिडको संक्रमणबाट सुरक्षित रहन विधुतीय माध्यमबाट सूचना सम्प्रेषण गर्न जोड दिने सम्वन्धमा प्रमुख जिल्ला अधिकारीबाट निर्देशन भयो ।

साथै यसबाट सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउन तथा राज्य र नागरिकको हितमा प्रतिकूल असर पार्ने संवेदनशील सूचनाको संरक्षण गर्न सूचनाको हकसम्वन्धी ऐनमा भएको व्यवस्थालाई व्यवहारिक कार्यान्वयन हुने विश्वास लिएको समेत व्यक्त गर्नु भयो  ।

पछिल्लो अपडेट गरिएको : 2083-02-12 09:33:54

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाल्पा .