राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन अभियान शुभारम्भ
2077-11-09
2077-11-09
तस्बिर :
पाल्पा जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन अभियान मिति २०७७/११/०९ गतेदेखि आरम्भ भएको छ । जिल्लाको रिब्दिकोट गाउँपालिकाबाट मिति २०७७/११/०९ गते राष्ट्रिय परिचयपत्र सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी अभियान आरम्भ गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेज्यूको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष श्री नारायण बहादुर जि.सी. को प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा पालिकाका उपाध्यक्ष, प्रहरी उपरीक्षक श्री सन्तोष कुमार भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी, प्रमूख प्रशासकीय अधिकृत, सबै वडाका वडाध्यक्ष लगायतको उपस्थिति रहेको थियो । विवरण संकलन गर्न गाउँपालिकाका सबै वडामा टोलि खटिएका छन।
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
| 20210221_105256.jpg | 1.76 MB | हेर्नुहोस डाउनलोड |
| 20210221_105432.jpg | 1.68 MB | हेर्नुहोस डाउनलोड |
| 20210221_105451.jpg | 1.6 MB | हेर्नुहोस डाउनलोड |
| 20210221_105204.jpg | 1.8 MB | हेर्नुहोस डाउनलोड |
| 20210221_105316.jpg | 1.67 MB | हेर्नुहोस डाउनलोड |
| 20210221_105441.jpg | 1.89 MB | हेर्नुहोस डाउनलोड |
