Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

मंगलवार, भाद्र ९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

प्रजातन्त्र दिवस मनाउने सम्बन्धमा

२०७७-११-०५ २०७७-११-०५

आज मिति २०७७/११/५ गते का दिन प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेज्युको अध्यक्षतामा प्रजातन्त्र दिवस मनाउने सन्दर्भमा तपसिल बमोजिमको उपस्थितिमा बैठक बसी तपसिल बमोजिमका बिभिन्न कार्यक्रम हरुगरी प्रजातन्त्र दिवस मनाउने निर्णय गरियो ।

उपस्थिति

राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु

सुरक्षा निकायका प्रमुखहरु

नेपाल पत्रकार महासंघ

उद्द्योग बाणिज्य संघ पाल्पा

व्यापार संघ पाल्पा

निर्णयहरु

१. जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवं सामुदायिक संघ संस्था, शैक्षिक प्रतिष्ठान तथा निकायहरुमा राष्ट्रिय झन्डा फहराउने ।

२. जिल्ला सदरमुकामस्थित महत्वपूर्ण सार्वजनिक स्थलहरुको सरसफाई गरी सम्भाव्य स्थानहरुमा राष्ट्रिय झन्डा राखी सजावट सहित सौन्दर्यीकरण गर्ने व्यवस्था तानसेन नगरपालिकाले मिलाउने ।

३. नेपाल पत्रकार महासंघले प्रजातन्त्र दिवस संग सम्बन्धित सन्देशमुलक कार्यक्रमहरु प्रशारण गर्ने तथा स्थानीय एफ.एम. हरुसंग समन्वय गरी परिसंवाद कार्यक्रम गर्ने ।

४. फाल्गुन ६,७ र ८ गते साँझ जिल्ला स्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवं सामुदायिक सघं संस्था, शैक्षिक प्रतिष्ठान तथा निकायहरुमा दिपावली गर्ने, साथै सवै जिल्लावासीहरुलाई घर-घरमा दिपावली गर्न आवह्वान गर्ने ।

५. उद्योग वाणिज्य संघ पाल्पा र व्यापार संघ पाल्पाले जिल्ला स्थित अस्पतालका विरामीहरुलाई फलफुल वितरण गर्ने व्यवस्था मिलाउने ।

६. शिक्षण तथा साहित्यिक संघ संस्थाहरुले दिवस केन्द्रित सृजनात्मक तथा रचनात्मक प्रतियोगितात्मक कार्यक्रमहरु संचालन गर्ने ।

 

पछिल्लो अपडेट गरिएको : 2083-05-02 16:34:23

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाल्पा