2077-10-15
2077-10-15
तस्बिर :
पाल्पा जिल्लामा कोभिड-१९ बिरुद्धको खोप अभियान आज मिति २०७७/१०/१५ गतेदेखि प्रारम्भ भएको छ । नेपाल सरकारबाट निर्धारित मापदण्ड बमोजिम पहिलो चरणमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी बाट अभियान शुरु भएको हो।
प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेज्युको अध्यक्षतामा जिल्लास्तरीय खोप समन्वय समितिको बैठक सम्पन्न भई बैठकको निर्णय बमोजिम जिल्लाका चार वटा अस्पताल बाट खोप लगाउन शुरु भएको छ। पाल्पा अस्पताल, मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज तथा रामपुर अस्पतालबाट खोप लगाइने छ।