2078-07-23
2078-07-23
तस्बिर :
आज मिति २०७८/७/२३ गतेका दिन प्रमुख जिल्ला अधिकारी श्री जगन्नाथ पन्तको अध्यक्षतामा जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसी तपसिल बमोजिमका निर्णयहरु गरियो
|
क्र.सं. |
स्थानिय तह |
क्षति भएका कृषक संख्या |
क्षति भएको क्षेत्रफल (रोपनी) |
धानको परिमाण (क्विन्टल) |
स्थानिय स्तरमा प्रति क्विन्टल धानको मूल्य रु. |
क्षति भएको धानको मुल्य रु. |
|
१ |
रिब्दिकोट गा.पा. |
६९ |
१८१ |
३७२.५ |
२७००/- देखि २८५०/- सम्म |
१०२८५७५ |
|
२ |
रैनादेवी छहरा गा.पा. |
१९४ |
१२१८ |
२३८३ |
१६००/- देखि ६०००/- सम्म |
४०४६००० |
|
३ |
रम्भा गा.पा. |
४६ |
१११.९ |
६८.०८ |
५०००. |
३४०४०० |
|
४ |
बगनासकाली गा.पा |
४९ |
३२३ |
९२८.५ |
२७००/- देखि २८५०/- सम्म |
२६३६३२५ |
|
५ |
तिनाउँ गा.पा. |
४१५ |
२४७७.५ |
४९५५ |
२४०० |
११८९२००० |
|
६ |
पुर्वखोला गा.पा |
२३३ |
११९१.८ |
२२९७.१७ |
२७५० |
६३१७२१८ |
|
७ |
निस्दी गा.पा. |
८७ |
३५२.५ |
८३२.२ |
२८५० |
२३७१७७० |
|
८ |
तानसेन न.पा. |
४३ |
१८९.५ |
३५३.५४ |
२७५० |
९७२२३५ |
|
९ |
रामपुर न.पा. |
१६ |
२६ |
५०.५ |
३००० |
१५१५०० |
|
१० |
माथागढ़ी गा.पा. |
१२४ |
८१०.८७ |
१६८०.६६ |
२५००/- देखि ३८००/- |
४२४६८५८.३२ |
|
|
जम्मा |
१२७६ |
६८८२ |
१३९२१ |
|
३४००२८८१ |
२. यस जिल्लामा मिति २०७८ श्रावण १ गतेदेखि २०७८ कार्तिक २३ गतेसम्म बिपदका घटनामा परी मृत्यु हुने ६ जनालाई जनही रु २ लाखका दरले जम्मा रु १२,००,००० र घर क्षति भएका २१ परिवारलाई जम्मा रु १,७८,००० तथा लुम्बिनी प्रदेश सरकारबाट प्राप्त रकममध्ये कोभिडबाट मृत्यु भएका १८ जनालाई जनही १ लाखका दरले रु १८,००,००० एबं बाढी पहिरो प्रभावित ११ जनालाई रु ५,५०,००० गरी भएको जम्मा खर्च रकम रु ३७,२८,००० अनुमोदन गर्ने ।
३. जाडोयाम शुरु भए संगै खासगरि बिपन्न परिवारका व्यक्तिहरु प्रभावित हुन सक्ने भएकोले चिसो बाट प्रभावित हुन सक्ने व्यक्तिहरुको पहिचान गरि उनीहरुलाई चिसोबाट बचाउन सबै स्थानीय तहहरुले आवश्यक पूर्वतयारी गर्ने ।
४. कोभिड-१९ विरुद्दको खोप अभियान अन्तर्गत यस जिल्लामा ७५३६५ जनाले पहिलो मात्रा र ६५९९१ जनाले पूर्ण खोप लगाइसकेको तर ४० वर्ष भन्दा माथिको उमेर समुहका सबै नागरिकहरुलाई खोप नपुगेकोले सो उमेर समूह तथा अन्य सबै जिल्लाबासीहरुलाई यथाशिघ्र खोप सेवा संचालन गर्न नेपाल सरकार तथा लुम्बिनी प्रदेश सरकार संग खोप उपलब्ध गराई दिन अनुरोध गर्ने।
५. कोभिड-१९ विरुद्दको खोप अभियान संचालन गर्दा कतिपय अवस्थामा यथार्थ तथ्यांकको अभावमा सेवा संचालन गर्न समस्या पर्ने भएकोले सबै स्थानीय तहहरुले आफ्नो स्थानीय तह भित्रका १८ वर्ष भन्दा माथिका व्यक्तिहरुको संख्या एकिन गरी ७ दिन भित्र स्वास्थ्य कार्यालय, पाल्पामा पठाउने ।
६. एन्टीजन परीक्षणका आधारमा कोभिड-१९ संक्रमण पहिचान भइ मृत्यु भएका व्यक्तिका परिवारले राहत रकम प्राप्त गर्न नसकेको हुँदा एन्टीजन परीक्षणबाट कोभिड पहिचान भइ कोभिड-१९ संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने व्यवस्था मिलाई दिन नेपाल सरकार र लुम्बिनी प्रदेश सरकारलाई अनुरोध गर्ने।