Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्बन्धमा

2077-04-29

2077-04-29


22(1).jpg तस्बिर :

#जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्बन्धमा :-

आज मिति २०७७ साल श्रावण २९ गतेका दिन जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेज्यूको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी देहाय बमोजिम निर्णय गरियो ।

  1. कोभिड-१९ जोखिम न्यूनिकरण, उपचार तथा क्वारेन्टिन र आईसोलेसन व्यवस्थापन तथा विभिन्न विपद् व्यवस्थापनका घटनामा योगदान गर्ने स्थानीय तह, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सम्ब्द्ध पक्षलाई हार्दिक धन्यवाद दिने निर्णय गरियो ।
  2. विपद् पिडित उद्दार र राहत सम्बन्धी (सातौं संशोधन) मापदण्ड, २०७७ मा भएको व्यवस्था सम्बन्धमा बैठकमा छलफल भई सो को कार्यान्वय गर्ने निर्णय गरियो भयो ।
  3. गृह मन्त्रालय (विपद् जोखिम न्यूनिकरण तथा पुनर्लाभ शाखा) को च.नं. ३१ मिति २०७७/४/१४ को पत्रबाट माग भए बमोजिम मनसुनजन्य विपद्को कारणले घर (आवास)को पूर्ण क्षति भई नयाँ घर निर्माण गर्नुपर्ने अवस्थामा रहेको विवरण वडास्तरमा वडा अध्यक्ष, स्थानीय प्रहरी, रेडक्रसको प्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत / वडा सचिव समेतको सहभागितामा वडामा भएको विवरण संकलन गरि जिल्ला विपद् व्यवस्थापन समितिमा ३ दिन भित्र अनिवार्य पठाउने निर्णय गरियो ।
  4. स्थानीय तहले विपद्को सिफारिस गर्दा प्रहरी मुचुल्का, फोटो, क्षति विवरण, स्थानीय विपद् व्यवस्थापन समितिको निर्णय र त्यहाँबाट प्रदान गरिएको सहयोग सहित उल्लेख गरी सिफारिस गरी पठाउने निर्णय गरियो ।
  5. विपद् प्रतिकार्य योजना २०७७ परिमार्जन सहित अनुमोदन गर्ने निर्णय गरियो ।
  6. जिल्लामा विपद् बाट आकस्मिक रुपमा पर्ने घटनाका लागि सिचाई विकास डिभिजनबाट ५० थान र भू तथा जलाधार कार्यालयबाट ३० थान तारजाली स्टक राखी अन्य तारजाली आफ्नो स्वीकृत कार्यक्रम अनुसार स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिस र औचित्यका आधारमा वितरण गर्ने व्यवस्था सम्बन्धीत कार्यालयले मिलाउने ।
  7. डिभिजन सडक कार्यालयले सडकमा झरेको पहिरो सफा गरी बाटो सुचारु गर्ने, खाल्डाखुल्डी पुर्ने, मर्मत गर्ने र बैकल्पिक बाटोको व्यवस्था गर्न आवश्यक काम सुरु गर्ने निर्णय गरियो ।

पछिल्लो अपडेट गरिएको : 2083-02-12 09:33:54

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाल्पा .