Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

CCMC बैठक सम्बन्धमा ।

2077-08-09

2077-08-09


IMG_20201124_141100_(1).jpg तस्बिर :

 आज मिति २०७७ साल मंसिर ९ गतेका दिन कोभिड-१९ संक्रमण रोकथाम नियन्त्रण तथा उपचारमा सहजिकरण, सहयोग, समन्वय र अनुगमन लगायतका कार्यहरु प्रभावकारी रुपमा संचालन गर्नको लागि गठित CCMC को  बैठक प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेको अध्यक्षतामा बसी  देहाय बमोजिम निर्णय गरियो ।

१. हाल पाल्पा जिल्लामा जोखिमको अवस्था कायमै रहेको देखिएकोले कोभिड-१९ को संक्रमण रोकथामका लागि मास्कको अनिवार्य प्रयोग गर्ने /गराउने व्यवस्था गर्न, स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य मापदण्ड पालना गराउन आवश्यकतानुसार परीक्षणको सहज व्यवस्था मिलाई तथा वडा तहसम्म सक्रियताका साथ परिचालन हुने गरी संक्रमण फैलिन नदिने व्यवस्था मिलाउन सबै नगरपालिका तथा गाउँपालिकालाई  लेखी पठाउने ।

२. शिक्षण संस्थाहरुको पठनपाठन र परीक्षा सञ्चाबलनका सम्बन्धमा विद्यालय सञ्चाललन सम्बन्धी कार्यढाँचा, २०७७ को पूर्ण पालना गर्ने व्यवस्था गर्ने र सम्बन्धित पालिकाबाट नियमित अनुगमनको व्यवस्था मिलाउने ।प्राथमिक तहका स-साना विद्यार्थीहरुका लागि विशेष सतर्कता अपनाई शिक्षणको उपयुक्त व्यवस्था गर्न आवश्यक हुने भएकाले सो को व्यवस्थापनका लागि समेत सबै पालिकाहरुलाई लेखी पठाउने । 

 ३. यस जिल्लामा संक्रमितलाई सर्वसुलभ र सहज उपचारको व्यवस्था मिलाउन, सरकारको निति अनुरुप उपचार व्यवस्थापन गर्न र उपचारकक्षको उपयुक्त गुणस्तर कायम गरी व्यवस्थापन गर्न जिल्लाका सम्बन्धित सबै अस्पतालहरुलाई निर्देशन दिने । जिल्ला स्वास्थ्य कार्यालयले सो को अनुगमन गर्ने ।

४. संक्रमितलाई नियमित रुपमा सम्पर्क गरी सल्लाह, सुझाव, उपचार, परामर्श गराउने व्यवस्था उपलब्ध गराउने व्यवस्था सम्बधित पालिकाले मिलाउने । सो को व्यवस्थापनको अनुगमन को व्यवस्था जिल्ला स्वास्थ्य कार्यालयले गरी आगामी बैठकमा सो को प्रतिवेदन पेश गर्ने । 

पछिल्लो अपडेट गरिएको : 2083-02-12 09:33:54

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाल्पा .