Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

CCMC बैठक सम्बन्धमा

2077-04-29

2077-04-29


20200813_115236.jpg तस्बिर :

आज मिति २०७७ साल श्रावण २९ गतेका दिन कोभिड-१९ संक्रमण रोकथाम नियन्त्रण तथा उपचारमा सहजिकरण, सहयोग, समन्वय र अनुगमन लगायतका कार्यहरु प्रभावकारी रुपमा संचालन गर्नको लागि गठित CCMC को दुई पटक बैठक प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेको अध्यक्षतामा बसी  देहाय बमोजिम निर्णय गरियो ।

विहान ११:०० बजे बसेको प्रथम CCMC बैठकका निर्णयहरु

  1. यस जिल्लामा कोभिड-१९ बाट संक्रमण भएका व्यक्तिहरु ५६० जनाको उपचार भई हाल संक्रमितको संख्या एक रहेकोमा कोभिड-१९ जोखिम न्यूनिकरण, उपचार तथा क्वारेन्टिन र आईसोलेसन व्यवस्थापन तथा विभिन्न विपद् व्यवस्थापनका घटनामा योगदान गर्ने स्थानीय तह, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सम्ब्द्ध पक्षलाई हार्दिक धन्यवाद दिने ।
  2. गृह मन्त्रालय (शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा) को च.नं. ३७९ मिति २०७७/०४/२८ को निर्णय कार्यान्वयन सम्बन्धमा लेखेको पत्र बैठकमा प्रस्तुत भई छलफल भयो । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७/४/२६ गतेको निर्णयहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।
  3. गृह मन्त्रालय (शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा) को च.नं. ३८१ मिति २०७७/०४/२८ को कोभिड-१९ सुरक्षा मापदण्ड सम्बन्धमा लेखेको पत्रका बारेमा छलफल भयो । कोभिड-१९ महामारीको समयमा उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनु पर्ने सुरक्षा मापदण्ड प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।
  4. हालको अवस्थामा कोभिड-१९ संक्रमणको जोखिम बढ्दै गईरहेकोले त्यसको रोकथाम र नियन्त्रणका लागि जिल्लाका प्रत्येक पालिकाहरुले बाहिरबाट आउने व्यक्तिहरुलाई क्वारेन्टिनमा राख्‍ने व्यवस्था गर्ने र संभावित संक्रमणलाई मध्यनजर गरी आईसोलेसन सेन्टरका लागि भवन सुनिश्चित गरी तयारी अवस्थामा राख्‍न अनुरोध गर्ने ।
  5. सार्वजनिक सेवा प्रवाह गर्दा कार्यालयले जोखिम न्यूनिकरणको व्यवस्था गर्ने । आवश्यकता अनुसार अनलाईन सेवा, टोकनको प्रयोग वा पालिकाहरुको वर्गिकरण गरी पालो तोकी सेवा प्रवाहको व्यवस्था मिलाउने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्ने गराउने ।
  6. स्वाब संकलन गरी टेस्टको लागि पठाउँदा रिपोर्टका लागि स्वास्थ्य कार्यालयको समन्वयमा गर्ने गरी स्वास्थ्य कार्यालयले आवश्यक व्यवस्था मिलाउने ।

साँझ ७:०० बजे बसेको दोश्रो CCMC बैठकका निर्णयहरु

  1. स्वास्थय कार्यालय पाल्पाबाट प्राप्त जानकारी अनुसार पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं. ४ निवासी वर्ष ४० को महिलामा कोरोना संक्रमण देखिएकोले स्थानीय स्तरसम्म हुन सक्ने फैलावटलाई रोक्नका लागि तानसेन नगरपालिकाको पूर्वमा हुलाक चोक, पश्चिममा गौरिशंकर गेष्ट हाउस, उत्तरमा टक्सार माछा पसल र दक्षिणमा पेट्रोलपम्पको चारकिल्ला भित्रको बिशाल बजार क्षेत्र समेतमा अर्को  निर्णय नभएसम्मको लागि आवागमन र सार्वजनिक कृयाकलाप बन्द हुने गरी मिति २०७७/०४/२९ साँझ ८ बजे देखि सील गर्ने निर्णय गरियो ।
  2. उक्त संक्रमित महिलाको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको तानसेन नगरपालिकाले स्वास्थ्य कार्यालयको समन्वयम Contact Tracing गरी परीक्षणको व्यवस्था मिलाउने निर्णय गरियो ।
  3. उक्त क्षेत्र साथै जिल्लामा संक्रमण फैलिन नदिनका लागि स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरी विशेष सतर्कता अपनाउन आह्वान गर्ने निर्णय गरियो ।

पछिल्लो अपडेट गरिएको : 2083-02-12 09:33:54

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाल्पा .