Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला विपद व्यवस्थापन समिति, पाल्पाको वैठक सम्पन्न

2077-03-16

2077-03-16


जिल्ला  विपद व्यवस्थापन समिति, पाल्पाको वैठक सम्पन्न

मिति २०७७ असार १६ गते प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष श्री रमेश न्यौपाने अध्यक्षतामा जिल्ला विपद व्यवस्थापन समिति, पाल्पाको वैठक सम्पन्न भयो। उक्त वैठकमा प्रदेश सरकारका सदस्य,जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय ,विषयगत कार्यालय, पत्रकार महसंघ लगायत जिल्ला विपद व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

निर्णयहरु :-

सलह सम्वन्धमा

      पाल्पा जिल्लामा सलह किराले कृषि वालीमा पार्न सक्ने प्रकोप तथा जोखिम न्युनिकरका लागि कृषि ज्ञान केन्द्रका प्रमुख शिव प्रसाद अर्यालको संयोजकत्वमा, सुन्तलाजात फलफूल विकास केन्द्र, प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना, जिल्ला प्रशासन कार्यलय, जिल्ला, जिल्ला समन्वय समिति र पत्रकार महासंघ, पाल्पाबाट समेत पदाधिकारी सदस्य रहने गरि समिति गठन गर्ने,

  • सलह नियन्त्रणको लागि सरकारी मापदण्ड भित्र रही स्प्रेयर र विषादीको प्रयोग कृषि सम्वन्धि कार्य गर्ने कार्यलयले गर्ने,
  • कृषक तथा नागरिकलाई वालिनालिको सुरक्षाको लागि स्थानीय संचार माध्यमबाट प्रचारप्रसार गर्ने निर्णय भयो ।

सडक सुरक्षा सम्वन्धमा

वर्षाको कारण राजमार्गमा हुन सक्ने अवरोध हटाउन सडक डिभिजन कार्यालय लगायत तथा अन्य सम्बद्ध निकायसँग समन्वय गरी जनशक्ति तथा मेशिनरी औजार तैयारी अवस्थामा राख्ने र आवश्यकताको आधारमा परिचालन गर्ने ,

राजमार्ग तथा सडक विपद् तयारी तथा सुधारको लागि डिभिजन सडक कार्यालयले कार्ययोजना तयार गरि ७ दिन भित्र जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने निर्णय भयो ।

विकास निर्मणका कार्य सम्वन्धमा

विकास निर्माणका कार्य गर्दा “पुननिर्माण कार्यगर्दा कोभिड १९ संक्रमण जोखिम न्यूनीकरणको लागि पालना गर्नुपर्ने मापदण्ड-२०७७” अनुरुप स्वास्थ्य तथा सुरक्षाका विधि अपनाएर कार्य गर्ने/ गराउने निर्णय भयो ।

COVID-19 सम्वन्धमा

कोरोना व्यवस्थापन कार्यमा स्थानीय तहले गरेको अग्रणी भूमिकाप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मीले पुर्‍याउनु भएको सहयोग-समन्वयप्रति समेत धन्यवाद प्रदान गर्ने निर्णय गरियो ।

 

पछिल्लो अपडेट गरिएको : 2083-02-12 09:33:54

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाल्पा .